Skip

Hamro Sanchar

मुस्ताङमा फेरि हिमपहिरो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १२ गते


काठमाण्डौ । मुस्ताङमा फेरि हिमपहिरो गएको छ । थासाङ गाउँपालिका–२ बोक्सीखोला माथिको लेकमा हिजो बेलुका ६ बजेतिर पुनः हिमपहिरो गएको हो ।

थासाङको बोक्सी खोला माथि छिप्लुङ लेक हुँदै धौलागिरि हिमालको फेदबाट पहिरो खसेको छ ।

मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले पहिले खसेको पहिरोको केही थुप्रो खसेको जानकारी दिनुभयो ।

यसअघि भदौ ६ गते दिउँसो थासाङको बोक्सी खोला माथि लेकमा हिमालको फेदबाट हिमपहिरो खसेको थियो ।

पहिरोले बस्ती जोखिममा नपरेको तर केही घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस्