Skip

Hamro Sanchar

शनिबार सुनकोसीमा खसेको गाडी भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ९ गते


काठमाडौँ । शनिबार सिन्धुलीमा भएको दुर्घटनामा सुनकोसी नदीमा खसेको गाडी फेला परेको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ ।

हिजो साँझ ५ः३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो ।

बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु र बलाम घटुवा रहेका छन् । सुनकोसीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन् । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएका हुन् ।


प्रतिकृया दिनुहोस्