Hamro Sanchar

कांग्रेसका सभापति देउवाको घर अगाडि राखिएको वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ९ गते


Advertisement

कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घर अगाडि राखिएको शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको छ ।उक्त शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले शंकास्पद झोलाभित्र बिजुलीबाट चल्ने भाँडो र त्यो भाँडोभित्र माटो भेटिएको जानकारी दिएका छन् ।

आज बिहान देउवा घर अगाडि कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो ।

स्थानीयले त्यो विष्फोटक पदार्थ पनि हुन सक्ने आशंकाले प्रहरीलाई खबर गरेका थिए ।बोहराले शंकास्पद वस्तु विष्फोटक पदार्थ नभएको पुष्टि भएको जानकारी दिए ।  यसबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।


प्रतिकृया दिनुहोस्