Hamro Sanchar

चक्कु प्रहारबाट जर्मनीमा ३ जनाको मृत्यु, ४ व्यक्ति गम्भीर घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ८ गते


Advertisement

काठमाडौं । गएराति पश्चिमी जर्मनीको जोलिङ्गेन सहरमा एक व्यक्तिले केही व्यक्तिमाथि चक्कु प्रहार गरेका छन्।

यस हमलामा ३ जनाको मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

बीबीसीका अनुसार सहरको मध्यभागमा रहेको फ्राउनहफ बजारमा एक उत्सवका क्रममा आक्रमण भएको हो।

आक्रमणकारी अझै फरार रहेको बताइएको छ। प्रहरीले सहरभर खोजी गरिरहेको छ।

जोलिङ्गेन जर्मनीको औद्योगिक सहर हो र शुक्रबार यस सहरको ६५०औँ स्थापना दिवसको अवसरमा समारोह आयोजना गरिएको थियो।

आक्रमणपछि प्रहरीले फ्रानहफ बजारलाई तुरुन्तै खाली गराएको थियो।


प्रतिकृया दिनुहोस्