Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ८ गते


Advertisement

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको प्रभावले हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ भने कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले शनिबार बुलेटिन जारी गरेकाे जानकारी दिएको छ।

आज र आइतबार कतैपनि भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित‍ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबारदेखि भने पुनः भारी वर्षा हुने महाशाखाको प्रक्षेपण छ।


प्रतिकृया दिनुहोस्