आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ३ जना नेपालीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ७ गते


Advertisement

काठमाडौं । भारतको उत्तराखण्डस्थित रूद्रप्रयाग जिल्लामा पहिरोमा पुरिएर चितवनको माडीका तीन जनाको मृत्यु भएको छ।

बिहीबार राति साढे १ बजेतिर झरेको पहिरोमा पुरिएर त्यहाँ मजदुरको रूपमा कार्यरत नेपालीहरूको मृत्यु भएको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पहिरोमा परेर माडी-२ सितलपुरका तुलबहादुर दमै, माडी-१, भङ्गताका कृष्णबहादुर परियार र माडी-५, छरछरेका अन्दाजी २८ वर्षीय पूर्णबहादुर नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको बताए।

उनीहरू केही महिनादेखि सडक निर्माणका लागि मजदुरका रूपमा कार्यरत थिए। प्रमुख जिल्ला अधिकारी यादवले गृह मन्त्रालयमार्फत भारतीय दूतावाससँग समन्वय गरेर शव नेपाल ल्याइने बताए।

तर भारतीय समाचार पत्रिका इन्डियन एक्सप्रेसका अनुसार पहिरोमा पुरिएर चार जना नेपालीहरूको मृत्यु भएको हो। तर उनी कहाँका हुन् भन्ने खुलिसकेको छैन। मृतकको नाम चिकु बुरा रहेको उक्त समाचारमा उल्लेख छ।


प्रतिकृया दिनुहोस्