Skip

Hamro Sanchar

पृथ्वी राजमार्ग एकतर्फी खुल्याे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ४ गते


चितवन । पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६:३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको हो।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताइन्।

मेसिन तयारी अवस्था रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारी बताइन्।


प्रतिकृया दिनुहोस्