
भक्तपुर, साउन ३१- भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा मेलुङ गाँउपालिका – ४ स्थित भेड्पुकी २३ वर्षिय सुस्मा नेपाली रहेकी छिन् ।
प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नेपालीको घट्नास्थलमै मृत्यु भएको हो ।
तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । चालकको शरिर क्षतविक्षत भएको छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएको थियो ।
दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन् । घटनास्थलबाट शव पोष्टमर्टमको लागि महाराजगस्थित शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

















