Skip

Hamro Sanchar

भोलिदेखि साउन ९ सम्म राति ५ घण्टा बन्द हुँदै नौबीसे-मलेखु खण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २६ गते


चितवन,असार २५- भोलि बुधबारदेखि पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पर्ने नौबीसे–मलेखु सडक खण्ड हरेक रात ५ घण्टा बन्द हुने भएको छ । सडक विभागका अनुसार विभिन्न स्थानका राजमार्गका पुलको गर्डर लन्चिङको लागि राति बन्द गर्न लागिएको हो ।

उक्त खण्डमा गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलमा उक्त कार्य हुनलागेको हो । बुधबारदेखि साउन ९ गतेसम्म दैनिक बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म सबै सवारीसाधनलाई निषेध गरिएको छ ।

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने गाडी भने चल्न पाउनेछन् । विभागले वैकल्पिक राजमार्गको रुपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न पनि सूचित गरेको छ ।


प्रतिकृया दिनुहोस्