आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पत्रकार महासंघ कुवेतले १५औं स्थापना दिवस २ अगष्टमा मनाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २३ गते


Advertisement

काठमाडौं, असार २२- नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १५औं स्थापना दिवस मनाउने भएको छ । महासंघ शाखाले आगामी २ अगष्टमा स्थापना दिवस मनाउने भएको हो ।

शुक्रबार अध्यक्ष एकराज मल्लको अध्यक्षतामा बसेको बैठकले १५औं स्थापना दिवस तथा स्व.माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार वितरण गर्ने निर्णय गरेको हो ।

ऐरावती गाउँपालिका-४, प्यूठान स्थायी घर भई रोजगारका लागि कुवेतमा कार्यरत पत्रकार माधव शाहीको ३६ वर्षको उमेरमा १४ अक्टोवर २०२१ मा निधन भएको थियो । उनको सम्झनामा स्व.माधव शाही स्मृति पत्रकारिता कोष खडा गरिएको थियो । सोही कोषबाट कुवेतमा रहेर सकृय रुपमा पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन र हौसला स्वरुप महासंघले स्थापना दिवसको अवसरमा पुरस्कृत गर्दै आएको छ ।

माधव शाही स्मृति पुरस्कार छनोटका लागि संरक्षक जय आले मगरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा एकराज मल्ल र लोमश बास्तोला रहेका छन् ।

 


प्रतिकृया दिनुहोस्