Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौंमा पहिरोमा पुरिँदा एक युवकको मृत्यु, मनोहरा खोलाले डुबायो १८ टहरा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २३ गते


Advertisement

काठमाडौं, असार २२- काठमाडौंको नागार्जुनमा पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा लखन थापा गाउँपालिका ६ घर भई हाल नागार्जुन न.पा.३ स्थित पिकल रेष्टुरेन्टमा किचन हेल्परको रूपमा काम गर्ने २२ वर्षीय मनोज बिक रहेका छन् ।

शनिबार बिहान ११:१० बजे पहिरो आई रेष्टुरेन्टको किचन कोठा पुरिएको थियो । पहिरोले पुरिएर घाइते भएका उनलाई स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

यस्तै भक्तपुरको मध्यपुर थिमी नगरपालिका-२ दिव्येश्वरी प्लानिङ नजिक १८ वटा टहरा मनोहरा खोलाले डुबाएको छ । विभिन्न जिल्लाबाट आई ज्याला मजदुरी गरी बसेका ५६ जना बस्ने टहराहरु खोलाले डुवाएका कारण उनीहरु आफन्तकोमा शरण लिन पुगेका प्रहरीले जनाएको छ ।

मध्यपुर थिमी नगरपालिका-३ कौशलटार नजिक हनुमन्ते खोलामा आएको बाढीले आश्विन आचार्यको जस्ताको टहरा डुबाएको छ । चागुनारायण नगरपालिका-४ नयाँ खोरिया स्थितमा रहेको डिप बोरिङ र पानी पाले बस्ने १ तल्ले पक्की घर पहिरोको जोखिममा परेको छ ।

वर्षापछिको पहिरोले काठमाडौंको तारकेश्वर नगरपालिका जितपुर फेदी र दक्षिणकाली नगरपालिका छैमलेमा एक एक वटा घर भत्किएको छ । काठमाडौं महानगरपालिका घट्टेकुलोमा भित्री सडक भासिएको छ ।

उपत्यकाका खोला किनार अहिलेसम्म खतरामुक्त देखिएको तर पानी आइरहेकाले प्रहरीले खोला किनारमा गस्ती गरिरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मैनालीले जानकारी दिए ।

विपद कार्यमा खोज तथा उद्दार कार्यका लागि प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको उनले बताए । नदी खोलास्थित करिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस्