आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौं उपत्यकामा भारी वर्षा : वाग्मती र विष्णुमतीमा बाढी, सतर्क रहन आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २३ गते


Advertisement

काठमाडौं, असार २२- काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको हो ।

कीर्तिपुरमा १०७.२ मिलिमिटर वर्षा भइसकेको छ । नैकापमा १०३.४ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कपनमा ६२.२ मिलिमिटर वर्षा भएको छ ।

टीकाथलीमा ८३.४, बबरमहलमा ७५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा लेलेमा १३८ मिलिमिटर वर्षा भइसकेको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा भइसकेको छ ।
काठमाडौंमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती नदीमा बाढी आएको छ ।

नदी छेउका बस्तीहरूमा सतर्क रहन आग्रह गरिएको छ ।


प्रतिकृया दिनुहोस्