Skip

Hamro Sanchar

खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २२ गते


तेह्रथुम, असार २१- प्रहरीले आमाको हत्याको आरोपमा छोरालाई पक्राउ गरेको छ । तेह्रथुम लालिगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने ४६ वर्षीया तिलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले उनका २३ वर्षीय छोरा दिपक नेपालीलाई पक्राउ गरेको हो ।

हत्या भएको खबरपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिहीबार दिउँसो दिपकले आफ्नी आमामाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ ।


प्रतिकृया दिनुहोस्