काठमाडौँ, असार ९- महाकाली नदीमा बेपत्ता भएका एक किशोरीको शव फेला परेको छ । बैतडीको शिवनाथ गाउँपालिका-१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एकको शव फेला परेको हो ।
सशस्त्र प्रहरी बलको टोलीले शनिबार एक किशोरीको शव फेला पारेको थियो । शिवनाथ गाउँपालिकाको स्वाला बस्ने १३ वर्षीया रजनी चाड र १२ वर्षीया अस्मिता चाड महाकाली नदीमा नुहाउन क्रममा बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुस्मौताघाटबाट खटिएको सुरक्षा फौजले रजनी चाडको शव फेला पारेको हो ।