आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गिरीबन्धुको फाइल खोल्दा गृहमन्त्री पद जान्छ भनेर रविले खोलेनन् : प्रदीप पौडेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ९ गते


Advertisement

काठमाडौं, असार ८- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री जोगाउन गिरिबन्धु टी-इस्टेटको जग्गा प्रकरणको फाइल नखोलेको आरोप लगाएका छन् ।

कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (क)को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले गिरिबन्धु टी-इस्टेटको जग्गा प्रकरणको फाइल नखोलेको आरोप लगाएका हुन् । उनले त्यो फाइल खोल्दा सरकार ढाल्ने डरले मौन बसेको बताए ।

उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्ने हो भनेर अरु विषयका छानबिन हुन बाँकी छ । तर, गिरीबन्धु टी(इस्टेटको त अदालतले फैसला गरिसकेको छ न १ भ्रष्टाचारको फाइल खोल्छु भन्नेहरुलाई त्यो फाइल खोल्न के गाह्रो भयो रु अब त्यो फाइल खोल्ने होइन, त्यो खोल्यो भने त अहिलेको गठबन्धनको सबैभन्दा ठूलो पार्टीले सरकारको समर्थन फिर्ता लिन्छ । त्यो भयो भने प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री जान्छ । भ्रष्टाचारको फाइल खोल्छु भनेको सत्तामा जान हो, सत्तामा गएपछि सत्ता नै ढल्नेगरी फाइल खोल्नेवाला छैन ।’

उनले गृहमन्त्रीको जिम्मेवारीमा बसेको व्यक्तिले सडकमा जस्तो पदको मर्यादा नराखी सदनमा अभिव्यक्ति दिएको बताए ।


प्रतिकृया दिनुहोस्