चितवन, असार ६- आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेशन पत्ता लागेको बताएका छन् ।
बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै मलेसियाको गृहमन्त्रीसँग आफ्नो कुराकानी भइरहेको र उनैले जिबी राईको लोकेशन कन्फर्म गरेको मन्त्री लामिछानेले बताए ।
‘कहाँ छन् भन्ने थाहा भइसक्यो । गृहमन्त्री ज्युले लोकेशन कन्फर्म गरिसक्नुभएको छ,’ उनले भने ।
लामिछानेले तीन दिनअघि मात्रै मलेशियाको गृहमन्त्रीसँग आफ्नो कुराकानी भएको पनि बताए ।
कुराकानीमा जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भएको उनले बताए ।
सुपुर्दुगी सन्धिलगायत विभिन्न कारणले उनलाई तत्काल नेपाल ल्याउन नमिलेको पनि लामिछानेले बताए ।