Skip

Hamro Sanchar

मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ६ गते


सिरहा, असार ५- सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको छ । गोलबजार नगरपालिका १० धर्मपुरका २८ वर्षीय फेकु भन्ने संजय सदाले आफ्नै फुपूको छोरा ४० वर्षीय गेनी सदायमाथि सामान्य विवादमा चिरपट प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

खाना खाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो । विवादकै क्रममा संजयको चिर्पट प्रहारबाट गम्भीर घाइते दाइ गेनीको उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

घटनामा संलग्न संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना राति नै भएपनि प्रहरीले बिहान ५ बजेमात्र जानकारी पाएको थियो । जानकारी पाउनसाथ पुगेका अचेत अवस्थामा रहेका गेनीलाई उपचारको लागि गोलबजारस्थित अस्पतालमा ल्याइएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।


प्रतिकृया दिनुहोस्