Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

संसद्का कर्मचारीको माग : घरभाडा कम भयाे बढाइयोस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ५ गते


Advertisement

काठमाडौं, असार ४- संघीय संसद् सचिवालयका कर्मचारीहरूले घरभाडा समयानुकूल बनाउन माग गरेका छन् ।

हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत् तीन हजार पाँच सय प्राप्त गर्दछन् । राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीको लागि प्रतिमहिना तीन हजार आवास भत्ता तोकिएको छ ।

कर्मचारी र मर्यादापालकले प्रतिमहिना तीन सय शैक्षिक भत्ता प्राप्त गर्दछन् । संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को अनुसूची १२ मा रहेको यो व्यवस्था पुनरावलोकन हुनुपर्ने संसद्का कर्मचारीहरूको माग छ ।

आन्दोलनरत संसद्का कर्मचारीहरूको ११ बुँदे मागको पहिलो बुँदामै घरभाडा बढाइनुपर्ने उल्लेख छ । जहाँ भनिएको छ, ‘संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ लाई समयानुकूल परिमार्जन गरिनुपर्ने ।’

साथै कर्मचारीहरूले कार्यालय समयभित्र मात्र संसद्का कामकारबाही सञ्चालन नहुने भएकाले अतिरिक्त समयमा काम गर्नुपर्ने र त्यसवापत् अतिरिक्त सुविधा पाउनुपर्ने माग पनि राखेका छन् । यी लगायतका ११ बुँदे माग राखेर कर्मचारीहरू जेठ ३० गतेदेखि आन्दोलनमा छन् ।


प्रतिकृया दिनुहोस्