
मोरङ, असार ४- मोरङमा मंगलबार बिहान चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको रतुवामाई नगरपालिका-४ झुर्कियामा चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको हो ।
प्रहरीकाअनुसार घरमै बसिरहेको समयमा बिहान ७ बजेतिर चट्याङले लागेर विपना गम्भीर घाइते भएकी थिइन् । बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ ८:३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ ।













