सुर्खेत, असार २- भेरी नदीमा पौडी खेल्नेक्रममा दुई जना बेपत्ता भएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टे नजिकबाट पौडी खेल्न नदीमा पसेका दुई जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार वीरेन्द्रनगर–२ का १९ वर्षीय विनोद केसी र १७ वर्षीय भुवन केसी बेपत्ता भएका हुन् ।
शनिबार दिउँसो पौने ४ बजेबाट उनीहरू बेपत्ता भएको डिएसपी विश्वकर्माले जानकारी दिए ।
उनीहरूको खोजी गर्न आइतबार गोताखोर परिचालन गरिँदैछ ।