Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

क्याम्पस प्रमुख हत्या प्रकरण : आज देशभरका सामुदायीक क्याम्पस बन्द

सुदिप बर्देवा प्रकाशित : २०८१ असार, ३ गते


Advertisement

ककाठमाडौं, असार २- बाराको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै नेपाल पब्लिक क्याम्पस संघले आईतबार देशभरका सामुदायीक क्याम्पस बन्द गरेको छ ।

नेपाल पब्लिक क्याम्पसद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ” नेपाल पब्लिक क्याम्पस संघका सदस्य, सामुदायीक क्याम्पस रामराजा मो. बि. शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख  हरिभुषण कुशवाहाको हत्यामा हामी मर्माहत भएका छौ, यस्तो आततायी घटनाको घोर निन्दा र भर्त्सना गर्दछौं साथै घटनाका मतियार तथा दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याई कारबाही गर्न सरकार समक्ष जोडदार माग गर्दछौं ।”

संघका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ता र महासचिव गोविन्दबहादुर कार्कीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ,” बाच्न पाउने नागरीकको मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भिर बनोस् भनी ध्यानाकर्षण गराउन चाहान्छौ । शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाउन घटाइएको यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याउन त्रिभुवन विश्वविद्यालय लगाएत सम्बन्धित सबै निकायलाई अपिल गर्दछौं । आगामी दिनमा यस्ता अमानवीय घटनाको पुनरावृति नहोस र राज्य तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षणका लागी नेपाल पब्लिक क्याम्पस संघले देश भरीका आफ्ना सबै सदस्य सामुदायीक क्याम्पसहरुको पठनपाठन आईतबारका दिन बन्दको आह्वान गर्दछौं ।”

अज्ञात समूहले प्रहार गरेको गोलीबाट क्याम्पस प्रमुख कुश्वाहाको उपचारको क्रममा मृत्यु भएको थियो । गाउँमा रहेको आफ्नै पोखरीको माछा मारेर कलैयातर्फ फर्किने क्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा उनीमाथि गोली प्रहार भएको थियो ।

मृतक कुश्वाहा हत्या प्रकरणमा संलग्न रहेको आशङ्का अहिलेसम्म ५ जना पक्राउ परेको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले बताए । पक्राउ परेकाहरूसँग सोधपुछ चलिरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्