काठमाडौँ , जेठ ३१- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नदिइने बताएका छन् ।
बिहीबार एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई पार्टीभित्र ठाउँ छैन’, उनले भने, ‘आन्तरिक सङ्घर्षका लागि ठाउँ छैन छलफल र विचार विमर्श गर्नलाई ठाउँ छ ।’ भित्री पार्टी सङ्घर्ष भन्ने कुरा गलत भएको भन्दै उनले भित्री पार्टी छलफल भन्नुपर्ने पनि बताए ।
अध्यक्ष ओलीले मिसन ८४ यतिकै नभनेको भन्दै देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउन खोजेको पनि बताए । पार्टीभित्र एकताबद्धता पहिलो रोजाई हुनुपर्ने ओलीको कार्यकर्तालाई सुझाव छ ।
उनले गिरीबन्धु टिस्टेटमा ५१ र १९ विगाहा विक्री गरेर कांग्रेसले बेचेर खाएको भन्दै उनले आफूले कानुन बनाएपछि खान नपाउँदा स्याल हुइयाँ मच्चाएको आरोप लगाए ।