Skip

Hamro Sanchar

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ३० गते


हेटौंडा, जेठ ३०- टिप्परको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीका ४७ वर्षीय दिलबहादुर टण्डन क्षेत्री रहेका छन् ।

पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको मनहरी ७ रमनटारस्थित सडकखण्डमा गएराति टिप्परको ठक्करबाट क्षेत्रीको मृत्यु भएको हो ।

मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना.७ ख ८४४९ नम्बरको टिफरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०२–०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर क्षेत्री गम्भीर घाइते भएका थिए ।

उनको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्