Skip

Hamro Sanchar

टिपर दुर्घटनामा हुँदा चालकको मृत्यु, दुई जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २९ गते


गुल्मी, जेठ २९– गुल्मीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा टिपर चालक अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका–८ का २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको हो ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ नेटाबाट गुल्मीकाे सदरमुकाम तम्घासकाे देउराली आउँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर गए राति दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार दुर्घटनामा घाइते भएका छन् । घाइते हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ का २९ वर्षीय नवीन घिमिरे र सन्धिखर्क–८ का ३३ वर्षीय रिसभ केसी रहेका छन् ।

उनीहरुलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस्