Hamro Sanchar

गण्डकीमा सांसद फणिन्द्र देवकोटाको फ्लोर क्रस : एमाले–माओवादीको नाराबाजी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २८ गते


Advertisement

पोखरा, जेठ २८- नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचित फणिन्द्र देवकोटाले सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका छन् ।

माओवादीले उनलाई आफ्नो सांसद रहेको बताउँदै आएको छ । तर, उनले आफूलाई नेपाल समाजवादी पार्टी (नेसपा)को सांसद बताउँदै आएका छन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले विश्वासको मतसम्बन्धी छलफलमा बोल्दै माओवादीले विपक्षमा मतदान गर्न ह्विप लगाउने निर्णय गरेको बताएका थिए । उनले देवकोटाप्रति संकेत गर्दै ह्विप लाग्ने बताएका थिए ।

पछिल्लो समय देवकोटा माओवादी संसदीय दलको बैठक बहिष्कार गर्दै आएका थिए ।

सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि गण्डकीमा एमाले–माओवादी केन्द्रले नाराबाजी गरेका छन् ।

एमाले–माओवादीले ह्विप उल्लंघन गरेको भन्दै नाराबाजी गरेका हुन् ।


प्रतिकृया दिनुहोस्