आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौं उपत्यकासहित छ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २६ गते


Advertisement

काठमाडौं, जेठ २६- कोशी, बागमती र गण्डकी प्रदेशमा आज वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना छ । महाशाखाका अनुसार अपराह्नतिर छिटपुटदेखि हल्का वर्षा हुनेछ ।


प्रतिकृया दिनुहोस्