Hamro Sanchar

११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २४ गते


Advertisement

काठमाडौँ, जेठ २४- सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघिको सत्ता समीकरणअनुसार राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई नयाँ समीकरण अनुसार सरकार गठन भएसँगै उनीहरूलाई सरकारले फिर्ता बोलाएको हो ।


प्रतिकृया दिनुहोस्