
काठमाडौं, जेठ ११- नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बयान शुक्रबार शुरु हुने भएको छ ।
सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने शुक्रबार शुरु हुन लागेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । सिरोहियालाई शुक्रबारसम्म मात्रै हिरासतमा राख्ने अनुमति प्रहरीसँग छ ।
बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ । मंगलवार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई त्यही दिन धनुषा लगिएको थियो ।


















