![](https://hamrosanchar.com/wp-content/uploads/2024/05/7ba96df7-90e3-4180-a5ad-eef4a28f5738-734x400.jpeg)
काठमाडौं, जेठ १०- सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले संसद अवरोधको गाँठो फुकाउन निम्ति पहलकदमी लिने भएको छ ।
बिहीबार बसेको ८२औं सचिवालय बैठकले सहकारीहरूको बचत हिनामिना, दु्रूपयोग र ठगी छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान राखेको प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग छलफल गर्ने निर्णय गरेको हो ।
एकीकृत समाजवादीले १०औं महाधिवेशनको दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ ।
सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने उपमहासचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एकीकृत समाजवादीको दसौं महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ ।