
दोलखा, जेठ २- दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मेलुङ गाउँपालिका-३ कुने भन्ने स्थानबाट मलामी लिएर तामाकोशी त्रिवेणी घाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो सत्यश्वर–सिम्टे सडक खण्ड अन्तर्गत भटमासेमा दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् ।
गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा चालक हरिबहादुर कार्कीसहित सबै मलामी घाइते भएका हुन् ।
दुर्घटना लगत्तै स्थानीयले एम्बुलेन्स र बोलेरो मगाएर घाइतेको उद्धार गरी उपचारका लागि चरिकोटको पशुपति चौलागाई स्मृति अस्पताल पुर्याइएका छन् ।
मंगलबार गाउँकै एक जनाले आत्महत्या गरेको र उनको शव पोष्टमार्टम पछि सदरमुकामबाट चर्णावती त्रिवेणी घाटमा दाहसंस्कारका लागि ल्याइने भएपछि स्थानीयहरु त्यसतर्फ लागेका थिए ।
घाइतेहरुको विस्तृत विवरण भने खुल्न बाँकी छ ।














