Hamro Sanchar

प्रतिनिधिसभामा कांग्रेसको नाराबाजी, पारित भएन ‘धन्यवादको प्रस्ताव’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १ गते


Advertisement

काठमाडौं, जेठ १- प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरूले नाराबाजी गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बैठकमा सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची छ । तर कांग्रेसको अवरोध कायम राखेको छ ।

कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले जेठ ३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

कांग्रेसले सहकारी अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुुसन्धान गर्नका लागि संसदीय छानबिन समिति नबनाएसम्म सदन चल्न नदिने अडान राखिरहेको छ ।

कांग्रेसले छानबिन समितिको माग राख्दै केही समययता संसद् अवरोध गर्दै आइरहेको थियो ।


प्रतिकृया दिनुहोस्