Hamro Sanchar

राष्ट्रपतिले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ को बुँदा पढ्दा संसद्‌मा हाँसो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १ गते


Advertisement

काठमाडौं, जेठ १- सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ । महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिने सरकारको कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा संसद् बैठकमा हाँसो चलेको छ। ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सम्बन्धी बुँदा राष्ट्रपति पौडेलले वाचन गर्दा पौडेलसँगै प्रधानमन्त्री र सांसदहरूले हाँसेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल पनि मस्त हाँसे ।


प्रतिकृया दिनुहोस्