Hamro Sanchar

सरकारको नीति तथा कार्यक्रम : गरिब घर पहिचान गर्ने, विद्युतीय चुलो, बीमा र ट्यूबेल निःशुल्क दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १ गते


Advertisement

काठमाडौँ, जेठ १- सरकारले आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गर्ने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेक्रममा गरिबहरूलाई सञ्चालन गर्ने कार्यक्रम एकीकृतरुपमा गर्ने लक्ष्यसहित यस्तो गर्न लागेको बताएका हुन् ।

पहिचान भएका गरिबलाई स्थानीय तहमार्फत नि:शुल्क बीमा, विद्युतीय चूलो र ट्यूबल लगायतका सामाग्री उपलब्ध गराउने समेत सरकारको योजना छ ।


प्रतिकृया दिनुहोस्