Skip

Hamro Sanchar

१३ दिनको सुत्केरी श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे झुण्डिएर आत्महत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १ गते


सुर्खेत, जेठ १- सल्यानको शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका छन् ।

१३ दिनको सुत्केरी श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

उनका अनुसार घटना मंगलबार बिहान करिब ४ बजेको समयमा भएको हो । राना दम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेका छन् ।

केशवको मानसिक अवस्था ठिक नभएको र मापसे धेरै गर्ने गरेको कुरा स्थानीयबाट जानकारीमा आएको कार्कीले बताए ।


प्रतिकृया दिनुहोस्