Skip

Hamro Sanchar

काठमाडौँमा दुई समूहबिच झगडा हुँदा एक युवकको मृत्यु, ३ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २९ गते


काठमाडौं, बैशाख २९- काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा एक जना युवकको हत्या भएको छ । दुई समूहबिच झगडा हुँदा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।

शनिबार साँझ ८ बजेतिर सडकमा झगडा हुँदा हत्या गरिएका धिमालको शव सिनामंगलस्थित केएमसी अस्पतालमा छ । घटनास्थलमा गम्भीर घाइते भएका धिमाललाई अस्पताल लगेपछि चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।

शंकास्पद ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस्