विराटनगर, वैशाख २७- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका हुन् ।
कार्कीले सानो आकारको मन्त्रिपरिषद पनि गठन गरेका छन् । नेकपा (एमाले) का उपनेता समेत रहेका रामबहादुर राना र नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती ‘सुशील’ मन्त्री भएका छन् ।
उनीहरू दुवैले शपथ ग्रहण गरेका छन् । उनीहरू बिनाविभागीय मन्त्री नियुक्त भएका हुन् ।
बुधबार प्रदेश प्रमुख खापुङ्गले सरकार गठन गर्न आह्वान गरेका थिए । बिहीबार एमालेका संसदीय दलका नेता कार्कीले ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।