Hamro Sanchar

प्रचण्ड नेतृत्वको सरकारलाई नै समर्थन गर्ने राई नेतृत्वको जसपाको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २५ गते


Advertisement

काठमाडौं, वैशाख २५- अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष राईको अध्यक्षतामा बसेको संसदीय दल बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

‘संसदीय दलको बैठकको निर्णयअनुसार प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय भएको छ,’ जसपाका महासचिव मोहम्मद इस्तियाक राईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर गठन भएको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार मान्यता दिएको थियो ।

प्रतिनिधि सभामा नवगठित जसपाका ७ जना सांसद हुनेछन् ।

यस्तो छ निर्णय:


प्रतिकृया दिनुहोस्