Skip

Hamro Sanchar

पति विदेश गएपछि पत्नी प्रेमीसँग होटलमा, मृत भेटिएपछि प्रेमी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २४ गते


काठमाडौँ, बैशाख २४- काठमाडौँको गोङ्गबुस्थित होटलमा साथीसँग गएकी युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका–२ घर भएर बाँसबारी बस्दै आएकी कल्पना भण्डारी छिन् । ३१ वर्षीया भण्डारी गोङ्गबुस्थित स्टार जोन होटलको शौचालयमा झुन्डिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

भण्डारीलाई साथमा लिएर होटलमा गएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१५ घर भएका अनित कार्की रहेका छन् ।

शनिवार युवती झुन्डिएपछि युवक र होटल संचालकले पासो काटेर उनलाई अस्पताल लगेका थिए । त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।

मृतक कल्पनाका श्रीमान बैदेशिक रोजगारमा रहेको बुझिएको छ ।


प्रतिकृया दिनुहोस्