
धनगढी, फागुन २७- अछाममा आफ्नै नाबालिग छोरीमाथि बलात्कार गरेकाे आराेपमा बुवा पक्राउ परेका छन् । मंगलसेन नगरपालिकामा १२ वर्षिया छोरीमाथि बलात्कार गरेको आरोपमा ३५ वर्षीय बुवालाई प्रहरीले शनिबार साँझ प्रकाउ गरेकाे हो ।
शनिबार दिउँसो घरमा बुवाले छाेरीमाथि बलात्कार गरेकाे थाहा पाएपछि नाबालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि बुवालाई नियन्त्रणमा लिइएको र म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका माथि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए ।
बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।


















