Hamro Sanchar

माधव नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र ओली पुगे कोटेश्वर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २२ गते


Advertisement

काठमाडौं, फागुन २२- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर गएका छन् ।

एकीकृत समाजवादीलाई पनि नयाँ सत्ता गठबन्धनमा सामेल गराउन आग्रह गरिरहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नेपालसँग भेटेरै यसबारे कुरा गर्न लागेका हुन् । छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी छन् ।

बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी छ । अध्यक्ष नेपालसँग कुरा गरेपछि मात्र मन्त्रालय भागबन्डाबारे छलफल अघि बढ्ने बताइएको छ ।

सोमबार नयाँ मन्त्रीहरूले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।

एमाले अध्यक्ष ओलीले भने फोन गरेर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । तर नेपालले स्पष्ट जवाफ दिइसकेका छैनन् ।


प्रतिकृया दिनुहोस्