
काठमाडौं, माघ २८- गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । शनिबार राति स्याङ्जाको वालिङ महोत्वसमा गीत गाइरहेका बेला उनीमाथि जुत्ता प्रहार भएको हो ।
थापाले गीत गाईरहेका बेला दर्शक प्रकाश डुम्रेले स्टेजतर्फ आफ्नो जुत्ता प्रहार गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एवं एसपी सञ्जय राउतले जानकारी दिए ।
डुुम्रेलाई नियन्त्रणमा लिएर दुर्गेशसहित छलफलपछि आइतबार छाडिएको छ ।
उनले मदिरा खाएको तालमा बढी एक्साइटेड भएर जुत्ता फालेको बयान दिएका थिए ।


















