Skip

Hamro Sanchar

हर्क साम्पाङले लगाएको ताला खोल्न अदालतको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, ५ गते


विराटनगर, माघ ५- धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको हो । केही दिनअघि साम्पाङ आफैंले उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।


प्रतिकृया दिनुहोस्