
काठमाडौं, माघ ३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका भित्रका सहकारीहरुले कुल बचतको ५ प्रतिशत रकम सहुलियत कर्जामा व्यावसाय प्रवर्द्धनका निम्ति छुट्याउनुपर्ने भएको छ ।
नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै नगरपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण सहकारीहरुलाई कुल बचतको ५ प्रतिशत रकम सहुलियत कर्जामा व्यावसाय प्रवर्द्धनका निम्ति छुट्याई सो को प्रस्तावना माघ मसान्त भित्र नगरपालिकामा पठाउन निर्देशन दिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र द्वारा हस्ताक्षेरित सुचनामा भनिएको छ, ” कागेश्वरी मनोहरा नगरपालिका नियामक रहेका सहकारी सस्थाहरु र यस नगरपालिकामा अद्यावधिक भएका प्रदेश अन्तर्गतका सहकारी सस्थाहरुले मिति २०८०-०९-०३ गतेको नगरप्रमुख स्तरीय निर्णयअनुसार एक व्यवसय तथा उद्यमशीलता विकासका लागि व्यवसय प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुल वचतको ५ प्रतिशत रकम सहुलियत कर्जामा व्यवसाय प्रवद्धन क्षेत्रहरु छुट्याई माघ मसान्तभित्र अनिवार्य सो को प्रस्तावना यस नगरपालिकामा पेश गर्न अनुरोध छ ।”



















