काठमाडौँ, पुस १४- कागेश्वरी मनोहरा नगरपालिका – १ गागलफेदी स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धि विलास धिताललाई अदालतले सफाइ दिएको छ ।
सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्दा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठहर्याएका प्रधानाध्यापक धिताल र व्यवस्थापन समितिका अध्यक्ष थापालाई विशेष अदालतले सफाइ दिएको हो ।
उनीहरुलाई ११ र १२ को शिक्षक छनौटको क्रममा १६ हजार घुस लिएको आरोप घुस लिँदै गरेको आरोपमा असार २६ मा आयोगको टोलीले पक्राउ गरेको थियो । उनीहरूमाथि घुस लिएको आरोपमा आयोगले विशेष अदालतमा भदौ ५ मा मुद्दा दर्ता गरेको थियो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले थापा र धिताल निर्दोष रहेको भन्दै सफाइ दिएका हुन् ।
आफ्ना छोराछोरीलाई निजीबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरेका थापा र धिताल सामुदायिक शिक्षा सुधारमा सकृय व्यक्ति हुन् ।