Hamro Sanchar

काभ्रेमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने मन्त्री लम्सालको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, ५ गते


Advertisement

काभ्रेपलान्चोक, पुस ५- बागमती प्रदेश सरकारका श्रम,रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले काभ्रेमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने घोषणा गरेका छन् ।

बागमती प्रदेशको काठमाडौंमा तीनवटा, हेटौंडा र चितवनमा एक एकवटा मात्र यातायात व्यवस्था कार्यालय रहेकोमा काभ्रेमा अर्को एक कार्यालय थप हुने मन्त्री लम्सालले बताएका छन् ।

यस्तै बागमती प्रदेशको निज यातायात कार्यालय पनि बन्ने भएको छ । काठमाडौँमा निर्माण हुने कार्यालय भवनको निम्ति जग्गा प्राप्ति पनि गरिसकिएको मन्त्री लम्सालले जानकारी गराए ।

उनका अनुसार अब जनताले लाइनमा बसेर पैसा तिर्नु पर्ने दिनको अन्त्य हुने छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले थुप्रै सुधारका काम गरि सकेको बताउँदै अब छिटोभन्दा छिटो अनलाइन सिष्टमबाट पैसा तिर्न मिल्ने प्रणालीको विकास हुने प्रष्ट पारे ।

काभ्रेमा यातायात कार्यालय स्थापना हुँदा छिमेकी जिल्ला दोलखा, रामेछाप, सिन्धुलि, सिन्धुपाल्चोकका नागरिकले सेवा सुविधा पाउने छन् । काभ्रेमा स्थापना हुन लागेको कार्यालय काठमाडौंको वैकल्पिक कार्यालय भएकोले अब नागरिकले यातायात कार्यालयमा भोग्नु पर्ने दुःख र सास्तीको अन्त्य हुने उनको विश्वास रहेको छ ।


प्रतिकृया दिनुहोस्