काठमाडौँ, पुस ४- पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माफी मागेका छन् । गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा भएको जिल्ला सम्मेलन लापरबाही भएको भन्दौ माफी मागेका हुन् ।
नगरपालिकाको मुल ब्यानर छोपेर नेपाली कांग्रेसको ब्यानर राखिएको थियो । नगरपालिकाका भवनभरी नै कांग्रेसको झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएपछि आलोचना भएको थियो । त्यो सम्मेलनको प्रमुख अतिथि महामन्त्री गगन थापा थिए ।