Hamro Sanchar

एमाले रोहिणी गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ९० नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २१ गते


Advertisement

रूपन्देही, असोज २१- रुपन्देहीको रोहिणी गाउँपालिकाबाट नेकपा एमालेका अध्यक्ष, उपाध्यक्षसहितका ९० जना नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

गाउँ कमिटी अध्यक्ष सुनिल कौशल, उपाध्यक्ष दिलीपमणि त्रिपाठी, वडा नम्बर १, २, ३, ४, ५ र ६ को मुल नेतृत्वले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले हाम्रोसंचारलाई जानकारी दिए ।

कौशलसहितका टीमलाई नेकपा एसका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले टीका लगाएर स्वागत गरेका छन् ।


प्रतिकृया दिनुहोस्