रूपन्देही, असोज २१- रुपन्देहीको रोहिणी गाउँपालिकाबाट नेकपा एमालेका अध्यक्ष, उपाध्यक्षसहितका ९० जना नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
गाउँ कमिटी अध्यक्ष सुनिल कौशल, उपाध्यक्ष दिलीपमणि त्रिपाठी, वडा नम्बर १, २, ३, ४, ५ र ६ को मुल नेतृत्वले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले हाम्रोसंचारलाई जानकारी दिए ।
कौशलसहितका टीमलाई नेकपा एसका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले टीका लगाएर स्वागत गरेका छन् ।