Hamro Sanchar

मोरक्कोमा भूकम्पमा परी दुई हजार बढीको मृत्यु, तीन दिन राष्ट्रिय शोक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २४ गते


Advertisement

एजेन्सी, भदौ २४- मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी दुई हजारभन्दा बढीको मृत्यु भएको छ ।

शुक्रबार अबेर गएको भूकम्पका कारण माटोको इँटा, ढुङ्गा र काठका घरहरू फुटेका र मस्जिदका मीनारहरू भत्किएका ढलानमा पुरिएका हरूको छिमेकीहरू अझै पनि खोजी गरिरहेका छन् । ऐतिहासिक पुरानो शहर माराकेचमा पनि ठूलो क्षति पुगेको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

गृह मन्त्रालयले दुई हजार १२ जनाको मृत्यु भएको र दुई हजार ५९ जना घाइते भएको जनाएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार ६ दमबलव ८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु माराकेचबाट करिब ७२ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो भूकम्पको केन्द्रविन्दु नजिकै रहेको अमिज्मिज गाउँमा उद्धारकर्मीहरूले खाली हातले भग्नावशेषबाट बाहिर निकालेका थिए ।

ढलेका चिनाईले साँघुरा सडकहरू अवरुद्ध पारेका थिए । अस्पतालबाहिर करिब १० जनाको शव कम्बलले ढाकिएको थियो भने शोकमा डुबेका आफन्तहरू नजिकै उभिएका थिए ।

तीन दिन राष्ट्रिय शोक

मोरक्कोका राजा मोहम्मद छैटौँले तीनदिने राष्ट्रिय शोक घोषणा गर्दै पीडित परिवारलाई खाना आवासको व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् भने उद्धार टोलीहरूलाई सघाउन देशको राष्ट्रिय सेनालाई आग्रह गरेका छन् ।

राष्ट्रिय शोकको यो घडीमा सार्वजनिक स्थल र सरकारी भवनहरूमा फहराईएका राष्ट्रिय झण्डा आधा झुकाइने सरकारी समाचार समितिले जनाएको छ । यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट अगादिर शहर तहसनहस भएको थियो ।


प्रतिकृया दिनुहोस्