Hamro Sanchar

जनकल्कुयाण मा.वि का प्रधानाध्यापक कुमारी कमला राई राष्ट्रपतिद्वारा सम्मानित

सुदिप बर्देवा प्रकाशित : २०८० भदौ, २० गते


Advertisement

काठमाडौं, भदौ २०- काठमाडौंको बौद्ध-६ माहंकालामा रहेको श्री जनकल्याण माध्यामिक बिध्यालयकि प्रधानाध्यापक कुमारी कमला राई सम्मानित भएकी छन् ।

पि.पि.प्रसाईं फाउन्डेसनले हरेक वर्ष प्रदान गर्ने पि.पि. प्रसाईं पुरस्कारबाट बागमती प्रदेशको उत्कृष्ट प्रधानाध्यापक रुपमा राष्ट्रपतिद्वारा राई सम्मानित भएकी हुन । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नगद रु. (५०,०००।-)  पचास हजार तथा सम्मानपत्र द्वारा सम्मान गरेका हुन ।

पि.पि.प्रसाईं फाउन्डेसनले यस वर्ष ६ जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुरस्कार र सम्मानपत्र प्रदान गरिएकाे “उत्कृष्ट शिक्षक सम्मान २०८०” बाट सम्मानित हुनेमा, काेशी प्रदेशबाट फिक्कल मा.वि इलामका साेमप्रसाद पौडेल, बागमती प्रदेशबाट जनकल्याण मा.वि काठमाडौका प्रधानाध्यापक कुमारी कमला राइ, गण्डकी प्रदेशबाट पन्चमुनीदेव मा.वि तनहुका टुकादेवि आचार्य छन् ।

यसैगरी लुम्बिनी प्रदेशबाट माेहनकन्या मा.वि पाल्पाका गाेपालप्रसाद बस्याल, कर्णाली प्रदेशबाट त्रिपुरा मा.वि डाेल्पाका जयबहादुर बस्नेत र सुदुर पश्चिम प्रदेशबाट सर्वाेदय मा.वि धनगढीका जीतबहादुर चौधरी रहेका छन् ।

प्रतिष्ठानले हरेक वर्ष सामुदायिक विद्यालयमा क्रियाशिल शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कारसहित ५० हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजारबराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ।

जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरूको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेसामा आउन चाहनेलाई प्रहोत्साहन गर्न स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो। पर्यटन क्षेत्रमा अनवरत लाग्नेलाई हरेक वर्ष पी.पी. प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने गरिएको छ।


प्रतिकृया दिनुहोस्